हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौं / नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै उहाँले यस्तो बताउनु भयो ।
उहाँले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताउनु भयो । यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताउनु भयो ।
देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उहाँले बताउनु भयो । प्रचण्डले भन्नुभयोे, ’नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ । हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट