प्रधानमन्त्री प्रचण्ड भन्छन् : ‘जनाताको असन्तुष्टी हटाउन विश्वासको मत माग्दैछ’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० लाख मानिस मुख्य राजनीतिक दलसँग असन्तुष्ट रहेको र यसको अन्त्य गर्ने विश्वासको मत मागेको बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै जनताको असन्तुष्टी छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर असन्तुष्टी हटाउन आफूले विश्वासको मत मागेको बताएका हुन् ।
उनले भने ५० लाख मानिस हामीसँग असन्तुष्ट छन् भन्ने कुरा लु्काएर होइन । मानिसहरु हामीसँग असन्तुष्टी छ र त्यसमा सुधार गर्नुपर्छ भनेर विश्वासको मत माग्दैछु । हामीले समस्या लुकाएर होइन समस्यालाई स्वीकार गर्दै त्यसको समाधान खोज्नुपर्छ ।
प्रचण्डले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् । प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताए ।
प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।