`

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, सार्वजनिक विदा पनि

Nepal One HD २७ पुष २०७९ ८:१३
प्रमुख खबर

काठमाडौं -आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा पनि दिइएको छ ।

पृथ्वीनारायण शाह विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मिएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित भएको थियो । राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका थिए । शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।


प्रतिक्रिया