बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने

प्रमुख खबर

काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिनुहुने भएकाे छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएकाे थियाे ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिनुभयाे । ३ माघमा विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उहाँले बताउनुभयाे ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाँड पनि टुंग्याइने भएको छ । प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउने तयारी भइरहेको छ । मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट