नेता कार्यकर्तालाई राजधानी केन्द्रित मात्र नहुन अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालले आफ्ना नेता कार्यकर्तालाई राजधानी केन्द्रित मात्र नहुन निर्देशन दिएका छन् । नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सदरमुकाममा मात्रै बसेर केहि नहुुने भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सदरमुकाममा मात्रै बसेर पनि हुँदैन । तर, मैले उम्मेदवार बन्न पाएँकि पाइनँ भनेर टाउको समातेर बसेर पनि हुँदैन । उम्मेदवार त बन्न पाइयो समानुपातिकमा एक नम्बरमा नाम चढ्यो कि चढेन त्यही गीत गाएर पनि हुँदैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति गल्ती नस्वीकारेको अध्यक्ष नेपालले टिप्पणी गरेका छन् । नेपालले भने, नयाँ प्रतिनिधिसभाको बैठक बस्न गइरहेको सन्दर्भमा त्यतिखेर प्रतिनिधिसभा विघटन गरेर गजबको काम गरियो भन्ने अहिले पनि सुन्नमा आयो । सुन्यौं । अनि यो गठबन्धन सरकार कस्तो पो रहेर भन्ने हाम्रो मनमा गम्भिर प्रश्न खडा भएको छ ।’
प्रतिगमनका विरुद्धमा संघर्ष गरेर आम जनताको माझमा गएको स्मरण गर्दै सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेको उनको दाबी थियो ।
प्रतिनिधि सभा विघटनबारे वर्तमान सरकारमा प्रधानमन्त्रीलाई आफूले प्रश्न गरेको बताए । आफूले राजनीतिक स्थायित्व होस् भन्ने चाहेको उल्लेख गरे । उनले सरकारमा बसेको व्यक्तिहरुले संविधानको रक्षा गर्दै सही बाटोमा अघि बढ्न दबाब दिने बताए ।