प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता, के के भए कुराकानी ?

प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ ओलीको निवास बालकोट पुगेका हुन् ।
उनीहरुबीचको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार संसद्बाट विश्वासको मत पाएपछि आज अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।
विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया