`

बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री दाहालको निर्देशन

Nepal One HD २८ पुष २०७९ १३:१५
प्रमुख खबर

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन् ।

गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाई र धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद रामनाथ अधिकारीलगायत उपस्थित छलफलमा प्रधानमन्त्रीले बूढीगण्डकी आयोजना अघि बढाउन आवश्यक काम गर्न मुख्य सचिवलाई निर्देशन दिएका हुन् ।

चुनावका बेला गोरखा र धादिङ क्षेत्रमा बूढीगण्डकी आयोजनालाई तत्कालै अघि बढाउन पहल गर्नेजस्ता विषय उठान भएका थिए । सोही प्रतिबद्धताअनुसार आयोजनाका कामलाई अगाडि बढाउन पहल थालिएको सांसद बजगाई बताए ।


प्रतिक्रिया