`

कांग्रेसका अधिकारीले बागमतीको सभामुखमा गरे मनोनयन दर्ता

Nepal One HD २८ पुष २०७९ १३:४७
प्रमुख खबर

हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीले बागमती प्रदेश सभाको सभामुखमा मनोनयन दर्ता गरेका छन् । कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकारको समर्थकमा धादिङका नवनिर्वाचित अधिकारीले मनोनयन दर्ता गरेका हुन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले उम्मेदवारी दर्ता गरेका हुन् । सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।

अधिकारीले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम मनोनयन दर्ता गरेका हुन । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।


प्रतिक्रिया