`

‘अरु निर्वाचनमा मतको आशाले प्रचण्डलाई विश्वासको मत दिएका हौँ’ : शेखर कोइराला

Nepal One HD २८ पुष २०७९ १६:५६
प्रमुख खबर

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। कोइरालाले राजनीति सम्भावनाको खेल भएकाले माओवादीले नेपाली कांग्रेसलाई सहयोग गर्नसक्ने सम्भावना भएको धारणा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा बिहीवार बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने संकेत भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा व्यक्त गरेका हुन् ।

डा। कोइरालाले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका कारणहरू पछि क्लियर हुँदै जाने बताएका छन् । उनले आफ्नो पार्टीले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने जानकारी समेत दिए ।

उनले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा प्रदेश सभाका सांसदले पनि मतदान गर्ने हुँदा यस चुनावमा कांग्रेसको चासो भएको धारणा व्यक्त गरेका छन् । उनले भने,’म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए ।


प्रतिक्रिया