`

शुक्रबार प्रदेश १ बाट माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

Nepal One HD २९ पुष २०७९ ११:३५
प्रमुख खबर

विराटनगर । प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले शपथ ग्रहन गरेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।  यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।

आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् । नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ ।


प्रतिक्रिया