`

नेकपा एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने सहमति

Nepal One HD २९ पुष २०७९ १२:१९
प्रमुख खबर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच मोर्चा बनाउने सहमति भएको छ । दुई पार्टीबीच एकताका लागि हिजो भएको वार्तामा एकता हुनुभन्दा पहिले मोर्चा बनाउने सहमति भएको हो ।

दुई पार्टीबीच एकीकरणको प्रकृया अगाडि बढाउँदै जाने तर अहिले दुई पार्टीबीच मोर्चा बनाउने सहमति भएको छ । मोर्चाको मोडालिटीको विषयमा एक दुई दिनमै टुङ्गो लगाउने एक नेताले जानकारी दिए । भोलि हुने वार्तामा दुवै पक्षबाट आआफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमतिसमेत भएको छ ।

भोलि बस्ने बैठकमा दुवै पार्टीले आआफ्नो पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन, पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय गरेको छ । दुवै पार्टीका घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदनका एक–एक विषयमा छलफल हुन्छ । र, त्यसबाट सरल र जटिल विषयवस्तु छनौट हुन्छ ।


प्रतिक्रिया