लुम्बिनीको सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक, कहिले हुँदै छ चयन ?

प्रमुख खबर

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा १८२ को उपधारा १० र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले माघ ३ गते दिउासो १ बजे बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
माघ २ गते उम्मेद्वारको प्रस्ताव पेश गर्ने र ३ गते चयन गर्ने कार्यतालिका तय भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट