`

परिवारवाद मै अल्झिए प्रचण्ड, कान्छा ज्वाईं बने प्रदेश १ को मन्त्री

Nepal One HD २९ पुष २०७९ १३:२२
प्रमुख खबर

काठमाडौं । लामो विवाद र रस्साकस्सीबीच प्रदेश १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्य मन्त्री बनेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर क्याबिनेट बिस्तार गर्दा मोरङका आचार्य पनि परेका हुन् ।

आचार्यसँगै माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्री नियुक्त भएका छन् । पार्टीमा लामो योगदान गरेका इमान्दारहरुलाई रोकेर अध्यक्षका नातेदारलाई मन्त्री बनाउन चलखेल भएको भन्दै यसअघि नै माओवादीभित्र चर्को विवाद देखिएको थियो ।

आचार्य माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उनी प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान हुन् । अध्यक्षको ज्वाईंकै कारण प्रचण्डमाथि लाग्दै आएको परिवारवादको आरोप थप चर्किने देखिएको छ ।


प्रतिक्रिया