`

९९ दिनपछि थुनामुक्त भएका क्रिकेटर लामिछाने भन्छन् – ‘छिट्टै क्रिकेट मैदान फर्किन्छु’

Nepal One HD २९ पुष २०७९ १६:१४
प्रमुख खबर

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोप लागेर ९९ दिनपछि २० लाख धरौटी तिरेर थुनामुक्त भएका सन्दीप लामिछानेले छिट्टै क्रिकेट मैदानमा फर्किने बताएका छन् । शुक्रबार थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताएका थिए ।

क्रिकेटमा फर्कने विषयमा पत्रकारले सोधेको प्रश्नमा सन्दीपले भने, ‘छिट्टै क्रिकेट मैदान फर्किन्छु । एकदमै राम्रोसँग फर्कन्छु ।’ १७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो ।

उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनस् थुनामा पठाइनेछ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । यो मुद्दाको किनारा भने लागिसकेको छैन ।


प्रतिक्रिया