प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए विश्वासको मत

प्रमुख खबर

विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । ४ पुसमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले शुक्रबार दिउँसो प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
एमालेबाट निर्वाचित उनले सत्तागठबन्धनमा सहभागी चार दलका ६० सांसदमध्ये सभामुखबाहेक ५९ मत प्राप्त गरेका छन् । उनको विपक्षमा कांग्रेस र एकीकृत समाजवादीका ३२ सांसदले मतदान गरे ।
यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट