`

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

Nepal One HD ३० पुष २०७९ १२:३६
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ । दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।


प्रतिक्रिया