`

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

Nepal One HD ३० पुष २०७९ १४:४९
प्रमुख खबर

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । प्रदेशसभाको आज बसेको बैठकमा दनुवारका पक्षमा ५७ मत परेकाले प्रदेशसभाको दोस्रो कार्यालयका लागि उनि उपसभामुखमा चयन भएकी हुन् ।

सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो ।

सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।

 


प्रतिक्रिया