`

‘राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग छलफल गर्नु हाम्रो दायित्व हो’ : प्रधानमन्त्री दाहाल

Nepal One HD ३० पुष २०७९ १७:२२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको बताएका छन् । शनिवार सम्पादकहरूसँगको छलफलमा उनले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने बताएका हुन् ।

उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको बताए ।

सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे । उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको समेत बताए। उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए ।

 


प्रतिक्रिया