`

पोखरा बिमान दुर्घटना : १० महिने छोरा संगै ज्यान गुमाए यी दुई चिकित्सक दम्पत्तिले

Nepal One HD १ माघ २०७९ २१:२८
प्रमुख खबर

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ बर्षीय डा। शुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकरको पनि मृत्यु भएको छ । उनीहरु संगै रहेका १० महिनाका छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आईरहेका थिए । यो परिवार नै छुट्टी मनाउन भनेर पोखरा घर जाँदै गरेको थियो ।


प्रतिक्रिया