`

पोखरा विमान दुर्घटना : मृत्यु भएका ६८ मध्ये २६ जनाको शव पहिचान

Nepal One HD २ माघ २०७९ ११:३३
प्रमुख खबर

गण्डकी । आइतबार पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।

पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ । शवको आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको हो ।

विदेशी नागरिक, काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । विमान दुर्घटनामा सवार ७२ जनामध्ये ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको शाहीले जानकारी दिए ।


प्रतिक्रिया