रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख भन्छन् -‘अब भेटिन बाँकी चारै शव बालबालिकाका हुन्’

प्रमुख खबर

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिका बताइएको छ । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए । हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
उनले भने, यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन् । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट