`

‘मन्त्रालय भागबण्डा आजै टुंगिन्छ तर सभामुखको निर्वाचनबारे भोलि थाहा हुन्छ’ : प्रधानमन्त्री दाहाल

Nepal One HD २ माघ २०७९ १५:००
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् । ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका प्रश्नको जवाफमा प्रचण्डले आजै टुंगिने बताएका हुन् ।

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको छ । कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ। ’

एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन् । आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको जनाइएको छ ।

 

 

 


प्रतिक्रिया