विदेशमा रहेका लाखौं नेपालीको मन जित्ने गरी काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई सरकारले सच्याउँदै आएको बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले सो कुरा गरेका हुन् । उनले विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्न आफू लागिपर्ने बताए ।
उनले विदेशमा रहेका लाखाँै नेपालीको मन जित्ने गरी काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। उनले भने – ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’
नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको भन्दै उनले त्यस्ता खालका पर्खाललाई भत्काउने बताए । विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु¥याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे ।