`

मन्त्रालयको भागबण्डा मिल्यो, कुन पार्टीलाई कुन कुन मन्त्रालय ?

Nepal One HD ३ माघ २०७९ ७:४८
प्रमुख खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँन लागेका हुन् ।

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । उपप्रधान र गृहमन्त्री लामिछानेले पाइसकेका छन् । अब उनको पार्टीले श्रम र शिक्षा मन्त्रालय पाउने भएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई नै दिएको छ । यस्तै राप्रपालाई उपप्रधान तथा उर्जामन्त्री सहित सहरी विकास मन्त्रालय र खेलकूद मन्त्रालय  दिने बिषयमा छलफल भएको  छ । यस्तै एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय पाउनेछ भने माओवादलाइृ सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय पार्ने बारेमा छलफल भएको एक नेताले बताए ।


प्रतिक्रिया