`

सत्ता पक्षको बैठकमा कांग्रेस र लोसपा पनि सहभागी हुने

Nepal One HD ३ माघ २०७९ ११:४१
प्रमुख खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षा दलहरूको संयुक्त बैठक बोलाएका छन । पुस २६ मा प्रधानमन्त्रीको पक्षमा मत दिएर सत्ता पक्ष भएका नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीसहितको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलको एजेण्डा माघ ५ को सभामुखको निर्वाचन र फागुनमा हुने राष्ट्रपतिको निर्वाचनको बारेमा छलफल हुने जनाइएको छ । सत्ता गठबन्धनले यसअघि नै राष्ट्रपति र सभामुख नेकपा एमालेलाई दिने निर्णय गरिसकेको छ । त्यस्तै उपराष्ट्रपति माओवादीलाई र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको छ ।

बैठकमा कांग्रेस र लोसपालाई ती पदहरूमा पनि मत दिन आग्रह गर्ने बुझिएको छ ।  कांग्रेस र लोसपा सत्ता पक्षको संयुक्त बैठकमा आज पहिलो पटक सहभागिता जनाउन लागेका हुन । यअसघि सोमबा राति सत्तारूढ दलका नेताहरूले मन्त्रिपरिषद् विस्तार सकेर सत्तापक्षको बैठक बोलाउने निर्णय गरेका थिए ।


प्रतिक्रिया