शाली नदी मेलामा ३० लाखभन्दा बढी भक्तजन, १ करोड सहयोग संकलन

अध्यात्म

काठमाडौं । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग संकल भएको छ । एक महिने स्वस्थानी ९माधवनारायण मेला० को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप संकल भएको भएको हो ।
भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी संकल भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । सकंलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने र मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।
गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानीको मेलामा ३० लाखभन्दा बढी भक्तजनहरुको भिड लागेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट