`

आज ग्याल्पो ल्होसार

Nepal One HD ९ फागुन २०७९ ७:०८
अध्यात्म

काठमाडौँ – शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै आइरहेका छन् ।

आज पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । यसैक्रममा समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको हो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो भन्ने गर्छन् ।


प्रतिक्रिया