`

आज फागु पूर्णिमा अर्थात् होली

Nepal One HD २२ फागुन २०७९ ७:१०
अध्यात्म

काठमाडौं – आज फागुन पुर्णिमा । पहाडी जिल्लामा आज विभिन्न रङ्ग तथा अबीर लगाएर मनाइँदैछ । यस्तै भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होली पर्वको अवसरमा काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्तगरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छिन् ।


प्रतिक्रिया