`

अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, राष्ट्रपति पौडेल छठ पूजाका लागि कमलपोखरीमा

Nepal One HD ३ मंसिर २०८० १७:३७
अध्यात्म

काठमाडौ– छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । मधेसका आठ जिल्लासहित कोसीका झापा, मोरङ, सुनसरी तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र सहित काठमाडौ उपत्यकाका जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अघ्र्य दिएका छन् । माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी बिभिन्न जलाशयमा व्रतालु जम्मा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्वमा सहभागी भएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ सामग्री सूर्य देवता समक्ष अर्पण गर्दछन् ।

सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम मानिन्छ ।


प्रतिक्रिया