राधिका दासी , दिनबन्धु पोखरेल र श्री देवी प्रतिभा जी एकसाथ एउटै कार्यक्रमा देखिँदै


सुप्रशिद्ध कथा वाचिाका श्री राधिका दासी माता, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जी लगायतका सुपरिचित कथावाचक र कथा वाचिकाहरु एकसाथ ऐतिहासिक श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ मा देखा पर्ने भएका छन् । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गर्न लागिएको हो ।
भगवान शिवको प्रिय महिना श्रावण महिनामा पाशुपत क्षेत्रमा आयोजना हुन गहिरहेको ऐतिहासिक श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ मा पशुपतीको कैलाश डाँढा क्षेत्रमा १५५ जना भन्दा बढी बौदिक ब्राहमण गुरुहरु बाट श्रावण महिनाभरि कोटी हवन अन्न बरत चल्ने भव्य कार्यक्रममा श्री राधिका दासी माता, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जीसहित श्री चन्द्रकला सखी जी, श्रीराम कथा तथा साधु, सन्त, महन्तसँग अन्य कथावाचक र कथा वाचिकाहरुको आगमन हुने मानव सेवा फाउण्डेसनले जनाएको छ ।
आयोजक मानव सेवा फाउण्डेसनका अनुसार यस भव्य कार्यक्रममा सुप्रशिद्ध कथा वाचिाका श्री राधिका दासी माताले शिव पुराण, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल ले श्रीमद्धभागवत कथा, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जी श्रीमद्धभागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
श्री पशुपति क्षेत्र, हंस मण्डप, काठमाडौँमा हुने श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ खासगरी मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थसँग सँगै आश्रमहरुको सर्वागंगिण विकासका लागि आयोजना गर्न लागिएको हो । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुन लागेको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जीले जानकारी दिनुभयो ।
हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानबजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उहाँले बताउनु भयो । नेपाल अध्यात्म भुमी हो । यस तपोभुमीबाट योग, ध्यान,प्रणाम धर्म, ज्ञान,साधना र विज्ञानको महत्व बिकास भएकाले हो भन्ने जानकारी र सन्देश समेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ ।
मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन् । मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।
यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।