`

काठमाडौं महानगरको डोजर बस्तीमा चलेपछि सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरु)

Nepal One HD ३० साउन २०८२ १३:१५
फिचर

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।

बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।साथै उनीहरुले  डाेजरमा पनि ढु‌ंगामुढा गरेर तोफोड गरेका छन् ।

महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन डाेजर लिए पुगेका थिए । साेही क्रममा  सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहाेल बनेकाे छ ।

मनोहरा किनारमा बनेका संरचना हटाउन सात दिने सूचना निकाल्दासमेत संरचना नहटाएपछि डोजर लगाउनुपरेको काठमाडौँ महानगरले जनाएको छ।

मनोहरा जग्गा एकीकरण आयोजनाका एक अधिकृतका अनुसार व्यक्तिगत जग्गामा सुकुम्बासीले बनाएका संरचना हटाइएको हो।

उनले भने, ‘साउन ८ गते नै व्यक्तिगत टहरामा बनेका संरचना हटाउन भनेर गोरखापत्रमा सूचना निकालेका थियौँ। अटेर गरेपछि डोजर लगाएर हटाउन बाध्य भएका हौँ।’ उनले विगत तीन महिनायता बनेका संरचना मात्रै भत्काइएको बताए।

 

तस्बिरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *