`

निरञ्जना भगवती मन्दिरमा दुईसय ६८ परिवारले राखे सामूहिक जमरा

Nepal One HD ६ असोज २०८२ २१:३८
अध्यात्म

त्रिशूली (नुवाकोट), ६ असोजः बडादसैँको घटस्थापनाका दिन आज नुवाकोटको बेलकोटगढीमा दुईसय ६८ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादसैँको लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाती र दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेका हुन् ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित यस मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यस वर्ष त्यसलाई निरन्तरता दिइएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिनुभयो ।

“यहाँ बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा सामूहिक जमरा राखेका छौँ”,उहाँले भन्नुभयो,“विजयादशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआराधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिने प्रचलन छ ।”

नुवाकोट नामकरणको आधार मानिएका नौ कोटमध्ये ‘प्रमुख कोट’ बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्त्वपूर्ण मानिन्छ । बेलकोटस्थित निरञ्जना भगवती मन्दिरमा पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँ लगायतका ठाँउका स्थानीयले सामूहिक रूपमा जमरा राख्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *