`

तेह्र सय वर्ष पुरानो महाँकाल मन्दिर पुनर्निर्माणको काम धमाधम

Nepal One HD १४ असोज २०८२ ७:३१
अध्यात्म

काठमाडौँ- सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाँकाल मन्दिर पुनर्निर्माण सुरु भएको छ । टँुडिखेलको छेउमा अवस्थित उक्त मन्दिर काठमाडौँ महानगरपालिकाको रु १० करोड पाँच लाख लागतमा पुनर्निर्माण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनर्निर्माण सुरु गरिएको जानकारी दिनुभयो । उक्त मन्दिर, हिन्दू–बौद्धको आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

विसं २०७२ को भूकम्पमा पुनर्निर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणले १० वर्षपछि निर्माण हुन लागेको हो । आव २०८०÷८१ को बजेटमा विनियोजितअनुसार गत असारबाट पुनर्निर्माण सुरु भएको उक्त मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ ।

उक्त मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनर्निर्माणपछि भुईँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत झ्याल—ढोका, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने जनाइएको छ । नगरप्रमुख शाहले उक्त मन्दिर पुनर्निर्माण मात्र नभएर संस्कृतिको पुनर्जागरणसमेत भएको उल्लेख गर्नुभएको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *