`

जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइँदै

Nepal One HD २ कार्तिक २०८२ २०:३६
अध्यात्म

जनकपुर । जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको अवसरमा आज जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको छ ।

आजैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ । लक्ष्मी पुजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भब्यताका साथ आफूहरुले जयन्ती मनाईरहेको परिषद्का अध्यक्ष शभ्मु साहले बताए ।

हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभायात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भब्य स्वागत गरेका थिए ।

हनुमान, शिव र गरुडको कलात्मक प्रतिरुप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो । शोभायात्राको समुदघाटन मधेश प्रदेशका सांसद जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *