बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै
अध्यात्म
काठमाडौं । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ।
आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर्नुका साथै दर्शन गर्दछन् ।
अघिल्लो रात तानिएको रथलाई आज गःहिटीमा राखिने छ ।जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवकहरू समेत परिचालन गरिएको छ। आठ दिन नौं रातसम्म चल्ने यो जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसले नयाँ वर्षको स्वागतसँगै परम्परा, संस्कृति र सामुदायिक एकताको सन्देश दिने गर्दछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
