`

हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो

Nepal One HD ११ साउन २०८३ ९:१४
अध्यात्म

मकवानपुर । साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ। हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको छ।

हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्र लगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन्। हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने गरेको भुवनेश्वर पशुपति मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिएका छन्।

साउनको दोस्रो सोमबार भएका कारण आज बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीहरू लामबद्ध बनी पूजाआजामा सहभागी बनेका छन्। दर्शनार्थीको चापसँगै मन्दिर परिसरमा बेलपत्र, फूलपत्रका साथै फलफूलको व्यापार पनि बढेको छ। साउनको सोमबार गरिने भगवान् शिवको पूजाआराधनालाई पूर्वीय धर्मशास्त्रहरूमा विशेष महत्व दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *