बाढीपछि लेदोमा डुबेको बैरेनी बजार(तस्वीरहरू)
फोटोफिचर
धादिङ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बैरेनी बजार लेदोले ढाकिएको छ ।
बाढीको भेलसँगै आएको लेदोले बजारका घर तथा आसपासका संरचनामा क्षति पुर्याएको हो।
त्रिशूली नदी किनारमा रहेको बैरेनी बजारमा बाढी पसेपछि सडकसमेत लेदोले पुरिएको थियो । लेदोका कारण दुई दिनसम्म अवरुद्ध बनेको पृथ्वीराजमार्ग अहिले सञ्चालनमा आए पनि बैरेनी बजार क्षेत्रमा एकतर्फी रूपमा मात्र सवारी चलिरहेका छन् ।
राजमार्गमा थुप्रिएको लेदो हटाउन एक्साभेटरसहितका उपकरण परिचालन गरिएको छ । सडक सफा गर्ने काम जारी रहेकाले सवारी आवागमन अझै सहज भइसकेको छैन ।
बाढीपछि बजार क्षेत्रमा थुप्रिएको लेदो हटाउने र सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको








