अविरल वर्षाले कोदारीमा अरनिको राजमार्ग अवरुद्ध
प्रमुख खबर
काठमाडौं। गएरातिदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको कोदारी खण्ड अवरुद्ध भएको छ।
बाढी र पहिरोले सडकमा क्षति पुर्याएपछि यातायात ठप्प भएको हो।
सडक डिभिजन कार्यालय चरिकोटले गेग्रान हटाउने र सडक मर्मतको काम अघि बढाएको छ।
मौसम अनुकूल रहे बुधवार बेलुकासम्म सडक सञ्चालनमा ल्याउने तयारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
