प्रधानमन्त्री बालेनको सम्बोधन [लाइभ]
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन सुरु गरेका छन्।
संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे जानकारी गराइरहेका छन्। उनले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामबारे सांसदहरूलाई जानकारी दिइरहेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवालगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि बेपत्ताको खोजी, प्रभावितको उद्धार तथा राहत वितरणका काम जारी छन्।
यसैबीच, प्रधानमन्त्री शाह बाढीपछिको अवस्थाबारे संसद्लाई जानकारी गराउन बैठकमा उपस्थित भएका हुन्। हाल उनी प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर सम्बोधन गरिरहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
