`

भोटेकोशी विपद् : ‘डीएनए परीक्षणमा ढिलाइ भयो’ बेपत्ता विशालको परिवार भेट्न पुगे खतिवडा

Nepal One HD २० भदौ २०८३ १३:२०
प्रमुख खबर

ओखलढुंगा। भोटेकोशी विपद्का क्रममा सम्पर्कविहीन भएका सिद्धिचरण नगरपालिका-८, सल्लेरीका २७ वर्षीय विशाल तामाङको परिवारसँग पूर्वसांसद रामहरि खतिवडासहितको टोलीले भेट गरेको छ ।

परिवारको अवस्थाबारे जानकारी लिन सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनाल र वडा नं. ८ का अध्यक्ष एकराज तामाङसहित खतिवडा तामाङ परिवारको घर पुगेका हुन् ।

भेटका क्रममा विशालका बुवाले छोरा सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि डीएनए परीक्षणको काममा ढिलाइ भइरहेको गुनासो गरे । बेपत्ता छोराको अवस्थाबारे यथाशीघ्र यकिन गरिदिन उनले आग्रह गरेका छन् ।

विशाल विगत तीन वर्षदेखि हाइड्रोपावरमा कार्यरत थिए। भोटेकोशी क्षेत्रमा आएको विपद्पछि उनी परिवारको सम्पर्कमा आएका छैनन्।

परिवारले विशालको खोजी तथा पहिचानको प्रक्रिया छिटो टुंग्याउन सम्बन्धित निकायसँग माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *