`

आज पनि देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Nepal One HD २१ भदौ २०८३ ९:११
प्रमुख खबर

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार धादिङको पृथ्वी राजमार्गका कृष्णभिर र चालिसेसहित रसुवा, रोल्पा, मुगु र कालीकोटका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौँ, ललितपुर तथा धादिङका केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् भने बीपी राजमार्ग र नुवाकोटको टोखा–छहरे सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा वर्षाका समयमा पहिरो र बाढीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *