`

आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो

Nepal One HD २९ भदौ २०८३ ७:५१
प्रमुख खबर

काठमाडौँ। आज हरितालिका तीज देशभर धुमधामका साथ मनाइँदै छ । तीजका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ। यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *