`

पहिरिएको सडकभन्दा माथिबाट १२ दिनमै नयाँ ट्र्याक, कृष्णभीरमा दुईतर्फी यातायात सुचारु

Nepal One HD १ असोज २०८३ १९:४८
प्रमुख खबर

काठमाडौँ । गत भदौ १० गतेको बाढीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि अवरुद्ध भएको सडकखण्डमा नयाँ ट्र्याक सञ्चालनमा आएको छ।

पुरानै स्थानबाट सडक निर्माण गर्न कठिन भएपछि इन्जिनियरिङ अध्ययनका आधारमा पहिरिएको सडकभन्दा माथिबाट नयाँ ट्र्याक खोलिएको हो। निर्माण व्यवसायी सहदेव खड्काको नेतृत्वमा सगुन कन्स्ट्रक्सन र भीमेश्वर कन्स्ट्रक्सन परिचालन गरी करिब १२ दिनमै दुई लेनको ट्र्याक निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

नयाँ ट्र्याक खुलेसँगै कृष्णभीरमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेका छन्। यसैबीच गायक नवीन पौडेलले कठिन भूगोलमा छोटो समयमै सडक निर्माण गरेको भन्दै सहदेव खड्काको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत खड्कालाई ‘राजधानी प्रवेश गर्ने लाइफलाइन कृष्णभीर निर्माणको हिरो’ भन्दै धन्यवाद दिएका छन्।

नयाँ सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुलाई ठूलो राहत भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *