मदिरा पिएर घर पुगेका श्रीमानले गरे हँसिया प्रहार गरेर श्रीमतीको हत्या
प्रमुख खबर
उदयपुर । चौदण्डीगढीमा घरायसी विवादले उग्र रूप लिएपछि श्रीमानले श्रीमतीमाथि हँसिया प्रहार गर्दा उनको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले आफ्नी ४५ वर्षीया पत्नी विमला राईमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गन्दुराम गएराति मादक पदार्थ सेवन गरेर घर पुगेका थिए। घर पुगेपछि श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो।
विवादकै क्रममा उनले विमलाको गर्दनमा हँसिया प्रहार गरेको बताइएको छ। गम्भीर घाइते विमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट माडिबासबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गन्दुरामलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गन्दुरामविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
