`

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

Nepal One HD ८ असोज २०८३ २०:३६
प्रमुख खबर

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने पूर्वानुमानपछि सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

पत्रमार्फत उक्त अवधिमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न तथा प्रमुख प्रशासकिय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

मन्त्रालयले सम्भावित विपद्का बारेमा नागरिकलाई समयमै जानकारी गराउन वडा कार्यालयमार्फत माइकिङ, स्थानीय एफएम तथा सामाजिक सञ्जालबाट सचेतनामूलक सूचना प्रवाह गर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *