इन्द्रजात्रा अवलोकन गर्न विशिष्ट अतिथि वसन्तपुरमा, तस्बिरमा हेर्नुस् चहलपहल
काठमाडौं । काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिन। वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि भक्तजन र सर्वसाधारणको चहलपहल बढेको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, सरकारका मन्त्री, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्। विदेशी पाहुनाहरूको समेत उपस्थिति रहेको छ।
राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ।
इन्द्रजात्राको मुख्य आकर्षण मानिने कुमारी, गणेश र भैरवको रथयात्रा केही बेरमा हुँदैछ। रथयात्रा हेर्न वसन्तपुर क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका छन्।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह भने इन्द्रजात्रामा उपस्थित छैनन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उनी अहिले अमेरिकाको न्यूयोर्कमा छन्।

























