`

नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर

Nepal One HD ९ असोज २०८३ २१:३९
प्रमुख खबर

काठमाडौँ। नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतामा हस्ताक्षर ग को हो।

सम्झौताले नेपाल र रुवान्डाबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ। नेपाल र रुवान्डाबीच सन् २०१८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र दुवै मुलुक संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्।

सम्झौतामा हस्ताक्षरसँगै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने अवसर सिर्जना भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *