पृथ्वी राजमार्गमा फेरि पहिरो र सडक भासियो, मुग्लिन-मौवाखोला एकतर्फी
फोटोफिचर
चितवन। लगातारको वर्षाले पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना क्षेत्रमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात प्रभावित भएको छ।
इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएको छ। अहिले त्यहाँ साना सवारीसाधनलाई मात्रै एकतर्फी रूपमा सञ्चालन गर्न दिइएको छ। सडक थप भासिने क्रम जारी रहेकाले उक्त क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ।
इच्छाकामना–५ मुग्लिननजिकै सिमलधारामा पनि पहिरो खसेको छ। पहिरोमा लगातार ढुंगा खसिरहेकाले सडकबाट माटो र ढुंगा हटाउन समस्या भइरहेको छ।
चितवनतर्फ मुग्लिन–मौवाखोला खण्ड एकतर्फी सञ्चालनमा आए पनि धादिङतर्फको सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
सडक भासिने र पहिरो खस्ने क्रम नरोकिएकाले पृथ्वी राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ।
सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक सवारी सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको













