`

चोलेन्द्रशमशेर राणाको पक्राउबारे ज्ञानेन्द्र शाहीको प्रश्न- ‘दोषी भए किन छोडियो, निर्दोष भए किन पक्राउ गरियो?’

Nepal One HD ११ असोज २०८३ २१:३०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै शाहीले राणा दोषी भए उनलाई किन छोडिएको र निर्दोष भए किन पक्राउ गरिएको भन्दै प्रश्न गरेका हुन् ।

‘पूर्वप्रधानन्यायाधीश दोषी हुनुहुन्छ भने किन छोडियो ? निर्दोष हुनुहुन्छ भने किन पक्राउ गरियो ?’ उनले लेखेका छन् ।

शाहीले गृहमन्त्रीको पद व्यक्तिगत इगो, रिस वा साँठगाँठका लागि नभएको भन्दै राज्यसत्ता पनि केटाकेटीको खेल नभएको बताएका छन् ।

‘अलिकति परिपक्व भएर काम गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाव दिएका छन् ।

आफ्नो भनाइ विरोधका लागि विरोध नभएको उल्लेख गर्दै शाहीले यसलाई ‘एउटा शुभचिन्तकको सुझाव’ भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *