`

असोज ८ गतेदेखि सम्पर्कविहीन हुम्लाका १० जना एक सातापछि परिवारको सम्पर्कमा

Nepal One HD १२ असोज २०८३ २०:१४
प्रमुख खबर

काठमाडौं – असोज ८ गतेदेखि सम्पर्कविहीन हुम्लाका १० जना एक सातापछि परिवारको सम्पर्कमा आएका छन् । कटुको संकलनका लागी हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातापछि सम्पर्कमा आएका हुन् ।

उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । कटुको संकलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *